धनगढी, वैशाख ४ (ई-रैवार)
सेती प्रादेशिक अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। प्रादेशिक अस्पतालको अस्थायी कोरोना अस्पतालमा उपचाररत कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिका १० का ८१ वर्षीय पुरुषको शनिबार मृत्यु भएको हो ।
सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिका १० का ८१ वर्षीय पुरुषको शनिबार मृत्यु भएको हो। उनमा कडा खालको स्वासप्रस्वासको समस्या देखिएको थियो।
शुक्रबार नै कोरोना संक्रमण देखिएको उनलाई शुक्रबारै अस्पताल भर्ना गरि भेन्टिलेटरमा राखिएको थियो।


