काठमाडौं, वैशाख ३ (ई-रैवार)
नेपालमा आज थप ९ सय जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार १ सय ५८ नमुना पीसीआर परीक्षण गर्दा ८ सय ३६ जनामा र एन्टीजेन टेष्टमा ६४ जनाको संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा चार जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या तीन हजार ७० पुगेको छ ।
नेपालमा अहिलेसम्म दुई लाख ८२ हजार आठ सय ९० जनामा कोरोना भाइरसको संक्रमण देखिसकिएको छ । जसमध्ये दुई लाख ७४ हजार आठ सय १२ जना निको भइसकेका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नेपालमा शुक्रबारसम्म २३ लाख ३५ हजार ८४ जनाले पीसीआर परीक्षण गरेका छन् । मन्त्रालयले शुक्रबारसम्म पाँच हजार आठ संक्रमित आइसोलेसनमा र ७७ जना क्वारेन्टाइनमा रहेका जनाएको छ ।


