नयाँ दिल्ली, वैशाख ३ (ई-रैवार)
भारतमा एकैदिन २ लाख १६ हजार ८ सय भन्दाबढी कोरोना संक्रमित थपिएका छन् । भारतमा पछिल्लो २४ घण्टामा मात्र २ लाख १६ हजार ८ सय बढी कोरोना संक्रमित थपिएका हुन।
पछिल्लो २४ घण्टामा भारतमा १ हजार १८३ संक्रमितको मृत्यु भएको छ । नयाँ संक्रमितसँगै भारतमा कोरोना संक्रमितको संख्या १ करोड ४२ लाख ८७ हजार नाघेको भारतिय संचार माध्येमले जनाएका छन्।
पछिल्लो २४ घण्टामा मात्रै भारतमा २ लाख १६ हजार ८५० संक्रमित थपिएको वर्ल्डओमिटरले जनाएको छ । संक्रमित भएको यो संख्या भारतमा अहिलेसम्मकै सबैभन्दा बढी हो ।
हिजो मात्रै भारतमा १ लाख ९९ हजार ५६९ कोरोना संक्रमित थपिएका थिए । भारतमा हालसम्म १ करोड २५ लाख ४३ हजार बढी संक्रमणमुक्त भएका छन् । हाल भारतमा सक्रिय संक्रमितको संख्या १५ लाख ६९ हजार नाघेको छ । त्यस्तै १ लाख ७४ हजार ३३५ कोरोना संक्रमितको मृत्यु भएको छ ।
आज विहान सम्म विश्वमा कोरोना संक्रमितको संख्या १३ करोड ९६ लाख ६५ हजार नाघेको छ । संक्रमितमध्ये २९ लाख ९८ हजार ८ सय बढीले ज्यान गुमाएका छन् । अहिलेसम्म ११ करोड ८७ लाख ५२ हजार बढीले कोरोना संक्रमणलाई जितेका छन् ।
विश्वमा हाल सक्रिय संक्रमितको संख्या १ करोड ७९ लाख १४ हजार बढी छ । जसमध्ये १ लाख ६ हजार ६ सय बढीको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।


