धनगढी, वैशाख १ (ई-रैवार)
सेती प्रादेशिक अस्पतालमा थप १४ जनामा कोरोना पुष्टि भएको छ । प्रादेशिक अस्पताल प्रयोगशाला परीक्षणमा बुधबार ७३ नमूना परीक्षण गर्दा १४ जनामा कोरना संक्रमण पुष्टि भएको हो ।
सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलाली ११ जना र कञ्चनपुर ३ जनागरी १४ जनालाई कोरना संक्रमण पुष्टि भएको जानकारी दिएका छन ।
सूचना अधिकारी श्रेष्ठका अनुसार धनगढी उपमहानगरपालिका वडा २ का १ जना , वडा नम्बर ३ का ४ जना, वडा नम्बर ४ का १ जना,वडा नम्बर ५ का २ जना,वडा नम्बर ६ का १ जनामा, वडा नम्बर ८ का १ जना, कैलालीको गोदावरी नगरपालिका ९ का १ जना , कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।
यस्तै कञ्चनपुरको भिमदत्त नगरपालिका २,५ र १० का एक/ एक जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए। अहिले अस्पतालमा कुल संक्रमित मध्ये १ जना आइसियू २ जना भेन्टिलेटर र २ जना आईशोलेशनमा राखिएको जनाएको छ ।


