नेपालमा थप ५५९ जनामा कोरना पुष्टि, १३ जना संक्रमितको मृत्यु

नेपालमा थप ५५९ जनामा कोरना पुष्टि, १३ जना संक्रमितको मृत्यु
Spread the love

धनगढी, चैत ३० (ई-रैवार) 

नेपालमा आज थप ५५९ जनामा कोरना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४ हजार ३७८ जनाको पीसीआर र ७२७ जनाको एन्टीजेन परीक्षण गर्दा पीसीआरबाट ४९६ र एन्टीजेन परीक्षणबाट ६३ जनामा कोरनम संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १५९ जना, ललितपुरमा ४४ र बाँकेमा ४१ जना थपिएका छन् । नेपालमा हालसम्म २ लाख ८० हजार ५२४ जनामा कोरना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मन्त्रालयले देशका विभिन्न ठाउँमा गरि १३ जना संक्रमितको मृत्यु भएको जनाएको छ । योसँगै नेपालमा कोरना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ५३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १३८ जना निको भएका छन् । नेपालमा निको हुने दर ९७.७ प्रतिशत रहेको छ । त्यस्तै, नेपालमा सक्रिय संक्रमितको संख्या ३ हजार ३०६ रहेको छ ।