मीना हत्या प्रकरण : श्रीमान, सासु–ससुरासहित ४ जनालाई थुनामा राख्न आदेश

मीना हत्या प्रकरण : श्रीमान, सासु–ससुरासहित ४ जनालाई थुनामा राख्न आदेश
Spread the love

डोटी, चैत्र ५ (ई-रैवार)

डोटीमा हत्या अभियोगमा चार जनालाई जिल्ला अदालतले थुनामा राख्न आदेश दिएको छ । जिल्ला अदालत डोटीले दिपायल सिलगढी नगरपालिका–२ पुनेपाटाकी २२ वर्षीया मीना ढोलीका हत्या अभियोगमा चार जनालाई थुनामा राख्न आदेश दिएको हो।

जिल्ला अदालतले मृतक मीनाका श्रीमान् प्रकाश दमाइँ, ससुरा प्रेम दमाइँ, सासू दुर्गा दमाइँ र उनकी बहिनी रम्भालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो। गत फागुन ६ गते मीनाको घरमै घाँटी थिचेर हत्या भएको हुनसक्ने जनाउँदै प्रहरीले सरकारी वकिलमार्फत जिल्ला अदातलमा जाहेरी दिएको थियो।

अनुसन्धानका क्रममा परिवारका सदस्यलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कान्तिराज जोशीले जानकारी दिए।