सरकारद्वारा विप्लवसँग वार्ता गर्न टोली गठन : संयोजकमा गृहमन्त्री बादल

सरकारद्वारा विप्लवसँग वार्ता गर्न टोली गठन : संयोजकमा गृहमन्त्री बादल
Spread the love

काठमाडौं, फागुन १८ (ई-रैवार) 

सरकारले प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’सँग वार्ता गर्न टोली गठन गरेको छ । सरकारले चन्द विप्लव समूहसँग वार्ता गर्नका लागि दुई सदस्यीय टोली गठन गरेको हो ।

गृहमन्त्री रामबहादुर थापा बादल र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई सम्मिलित वार्ता टोली गठन गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिएका छन् ।

गुरुङले विज्ञप्ति जारी गरी विप्लव समूहसँग वार्ताद्वारा समस्या समाधान गर्न २ सदस्यीय वार्ता टोली गठन गरेको बताएका छन् । टोली केहीबेरमा सार्वजनिक गरिँदै छ ।