नेपालमा थप ३ हजार ५ सय १७ जनामा कोरोना पुष्टि, ४ हजार ९६ जना डिस्चार्ज

नेपालमा थप ३ हजार ५ सय १७ जनामा कोरोना पुष्टि, ४ हजार ९६ जना डिस्चार्ज
Spread the love

काठमाडौं, कार्तिक १४ (ई-रैवार)

नेपालमा आज थप ३ हजार ५ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४ हजार ९ सय ८९ जनाको परीक्षण हुँदा २ हजार १ सय ५६ पुरुष र १ हजार ३ सय ६१ महिला गरी ३ हजार ५ सय १७ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १८८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १५०८, ललितपुरमा २४९ र भक्तपुरमा १३१ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै मोरङमा २५५, सुनसरीमा १३७, चितवनमा १२३, रुपन्देहीमा १२०, कास्कीमा ११२, मकवानपुरमा ८०, काभ्रेमा ७३, दाङमा ५१, बाँकेमा ४१ र नुवाकोटमा ३३ जना संक्रमित भेटिएका छन् ।

नवलपरासी पूर्वमा २९, कैलालीमा २८ जना, दोलखामा २७, तनहुँ २५, सिराहा २४, धादिङ र बर्दियामा १९÷१९ जना, पर्सामा १७, सप्तरीमा १६, धनुषा र रौतहटमा १५, कञ्चनपुरमा १४, उदयपुर, गोरखा, स्याङ्जा र दैलेखमा १३/१३ जना संक्रमित भेटिएका छन् ।

सिन्धुपाल्चोक र पर्वतमा १२/१२ जना, बारामा १०, लमजुङमा ९, महोत्तरी, गुल्मी र नवलपरासीमा ८/८ जना, बाग्लुङ, पाल्पा, सुर्खेतमा ७/७ जना, रामेछाप, कपिलवस्तु र जम्लामा ६/६ जना, धनकुटा, सर्लाही, सिन्धुली, डडेल्धुरामा ५/५ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै इलाम, खोटाङ, भोजपुर र म्याग्दीमा ४/४ जना, ओखलढुंगा, तेह्रथुम, संखुवासभा, अर्घाखाँची र जाजरकोटमा ३/३ जना, सोलुखुम्बु, कालीकोट र डोटीमा २/२ जना, र पाँचथर, रोल्पा, रुकुम पूर्व, हुम्ला, सल्यान, हुम्ला, दार्चुला र बझाङमा १/१ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार यो सँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख ६८ हजार २ सय ३५ पुगेको छ । देशभर आजसम्म सक्रिय संक्रमितको संख्या ३८ हजार ३ सय ५७ रहेको छ ।

पछिल्लो २४ घण्टामा ४ हजार ९६ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म एक लाख २८ हजार ९ सय ५८ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७६ दशमलव ७ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १४ हजार ९ सय ८९ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म १४ लाख ३४ हजार ५३ जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभरका संस्थागत आइसोलेसनमा ७ हजार १ सय ९० जना र होम आइसोलेसनमा ३१ हजार ३ सय ८७ जना रहेका छन् । आजसम्म देशभर दुई हजार ६ सय ६६ जना क्‍वारेन्टिनमा रहेका छन् ।

देशभर ७१ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर ३०० जना आईसीयूमा राखेर उपचार भइरहेको छ । यससँगै कुल संक्रमितको संख्या एक लाख ६८ हजार २ सय ३५ पुगेको छ ।