कोरोना संक्रमणबाट थप २१ जनाको मृत्यु, मृतकको संख्या ७ सय नाघ्यो

कोरोना संक्रमणबाट थप २१ जनाको मृत्यु, मृतकको संख्या ७ सय नाघ्यो
Spread the love

काठमाडौं, असोज ३० (ई-रैवार)

कोरोना भाइरसको संक्रमणबाट नेपालमा आज थप २१ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर २१ जनाको मृत्यु भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ सय १५ पुगेको छ ।

कोरोना संक्रमणबाट बिहीबार १९ जनाको मृत्यु भएको थियो । बुधबार १२ जनाको मृत्यु भएको थियो । भने  मंगलबार देशभर १८ जनाको कोरोना संक्रमितको मृत्यु भएको थियो ।