काठमाडौं,पुस ५ (ई-रैवार)
प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको मन्त्रिपरिषदको आकस्मिक बैठक बालुवाटारमा सुरु भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक बसिरहेको हो ।
सरकारले हालै ल्याएको अध्यादेश औपचारिक रुपमा फिर्ता नभएपछि उत्पन्न राजनीतिक तरंगका विषयमा छलफल हुनसक्ने स्रोतले जनाएको छ ।
अघिल्लो बैठकमा मन्त्रीहरुलाई समेत थाहा नदिइ प्रधानमन्त्री ओलीले संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गरेका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीले पनि तत्कालै अध्यादेश जारी गर्दै नेपाल राजपत्रमा प्रकाशित गरिएको थियो ।
सरकारले मंसिर ३० गते ल्याएको अध्यादेश चौतर्फी विरोधपछि पुस १ गते नै फिर्ता लिने सहमतिमा प्रधानमन्त्री ओली पुगेका थिए। तर प्रधानमन्त्री ओलीले अझैसम्म अध्यादेश फिर्ता लिएका छैनन्।


