काठमाडौं, पुस ४ (ई-रैवार)
नेपालमा आज थप ७ सय १० जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा ४ हजार ७ सय ८० नमुना परीक्षण गर्दा ७ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यससँगै कुल संक्रमितको संख्या २ लाख ५३ हजार १ सय ८४ पुगेको छ । उनीहरुमध्ये २ लाख ४२ हजार ५ सय ६७ संक्रमणमुक्त भएका छन् भने १ हजार ७ सय ७७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या ८ हजार ८ सय ४० छ । पछिल्लो २४ घण्टामा १२ कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ७ सय ७७ पुगेको छ ।
मन्त्रालयका अनुसार ८ हजार ८ सय ४० जना आइसोलेसनमा छन् ।स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार हालसम्म २ लाख ४२ हजार ५ सय ६७ संक्रमित निको भइसकेका छन् । तथ्यांक अनुसार कुल १८ लाख ६६ हजार २ सय १० पीसीआर परीक्षण गरिएको छ ।


