सेती प्रादेशिक अस्पताल प्रयोगशालामा थप २२ जनामा कोरोना संक्रमण पुष्टि

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा थप २२ जनामा कोरोना संक्रमण पुष्टि
Spread the love

धनगढी, मंसिर ७ (ई–रैवार)

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा आज थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल प्रयोगशालामा आइतबार २ सय २० जनाको परीक्षण गर्दा थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीको धनगढी उपमहानगरपालिकाका १० जनामा कोरोना  संक्रमण देखिएको जानकारी दिए ।

श्रेष्ठका अनुसार उपमहानगरपालिकाको वडा नम्बर ५ का ४ जना, वडा नम्बर १ का २ जना, यस्तै वडा नम्बर २, ४, ७ र ठेगाना नखुलेका १/१ जनामा कोरोना संक्रमण देखिएको छ ।

कैलालीकै टीकापुर नगरपालिका र जानकी गाउँपालिकाका ३/३ जना, जोशीपुर गाउँपालिकाका २ जना र कैलाली गाउँपालिकाका १ जनामा कोरोना संक्रमण देखिएको छ ।

यस्तै कञ्चनपुरको महाकाली नगरपालिका र बेल्डाँडी गाउँपालिकाका १/१ जना र बैतडीका १ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।