सेती प्रादेशिक अस्पतालबाट ३५ हजार नगदसहित मोबाइल चोरी

सेती प्रादेशिक अस्पतालबाट ३५ हजार नगदसहित मोबाइल चोरी
Spread the love

धनगढी, मंसिर ५ (ई–रैवार) 

सेती प्रादेशिक अस्पतालबाट नगदसहित मोबाइल चोरी भएको छ । सेती प्रादेशिक अस्पतालबाट कुरुवाको नगद सेती प्रादेशिक अस्पतालबाट नगदसहित मोबाइल चोरी ३५ हजार नगदसहित ३ वटा मोबाइल चोरी भएका हुन ।

प्रादेशिक अस्पतालको एनआइसीयु वार्डबाट धनगढी उपमहानगरपालिका वडा नम्बर २ सन्तोषी टोल बस्ने झरना बमको नगद ३५ हजारसहित ३ वटा मोबाइल, मोटरसाइकलको ब्लुबुक, लाइसेन्सलगायतका सामान चोरी भएको हो ।

प्रादेशिक अस्पतालबाट मंसिर ३ गते राती भतिजाको उपचारका लागि एनआइसियु वार्डमा रहेका बेला आफ्नो २ र भाइबुहारीको १ मोबाइल, नगद र पर्स चोरी भएको झरना बमले बताइन् ।

बमले सुतेका बेला सिरानी नजिकै राखिएका सामानहरु चोरी भएको बताईन् । उनले सामान चोरी भएको विषयमा अस्पताल प्रशासन र प्रहरीलाई सोही दिन जानकारी गराइसकेको भएपनि अहिले सम्म कुनै पत्ता नलागेको बताउँदै जिल्ला प्रहरी कार्यालयमा खोजीका लागि निवेदन दर्ता गरिएको जानकारी दिएकी छन ।

जिल्ला प्रहरी कार्यालय कैलालीले पीडितले दिएको निवेदनका आधारमा चोरी भएका नगद र अन्य सामानको खोजी भइरहेको जनाएको छ ।