काठमाडौं,कार्तिक २६ (ई-रैवार)
देशभर आज थप २ हजार ५ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा २ हजार ५ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कोरोना भाइरस संक्रमितको संख्या २ लाख नाघेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २ हजार ५ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या २ लाख २ हजार ३ सय २९ पुगेको छ । उनीहरुमध्ये १ हजार १ सय ७४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशभर आजसम्म सक्रिय संक्रमितको संख्या ३८ हजार ९ सय १२ रहेको छ ।
देशभर पछिल्लो २४ घण्टामा १ हजार ६ सय ६६ जना देशभरका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म १ लाख ६२ हजार २ सय ४३ जना डिस्चार्ज भएका छन् ।
देशभर आजसम्म १५ लाख ७४ हजार २ सय ९५ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म देशभर १ हजार १ सय ९ जना क्वारेन्टिनमा रहेका छन् ।


