काठमाडौं,कार्तिक २६ (ई-रैवार)
कोरोना भाइरसको संक्रमणबाट देशभर थप २६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर थप २६ जनाको मृत्यु भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नेपालमा हालसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार १ सय ७४ पुगेको छ ।
मंगलबार देशभर कोरोना संक्रमणका कारण २२ जनाको मृत्यु भएको थियो । सोमबार १८ जना कोरोना संक्रमितको मृत्यु भएको थियो ।


