आईपीएल : पन्जाबका कप्तान ओरेन्ज क्याप केएल राहुललाई

आईपीएल : पन्जाबका कप्तान ओरेन्ज क्याप केएल राहुललाई
Spread the love

एजेन्सी, कार्तिक २६ (ई-रैवार)

आईपीएल ओरेन्ज क्याप किङ्स इलेभेन पन्जाबका कप्तान केएल राहुलले जितेका छन् । दिल्ली क्यापिटल्सका ओपनर ब्याट्सम्यान शिखर धवनलाई पछि पार्दै राहुलले ओरेन्ज क्याप जितेका हुन् ।

स्कोरकर्ताको शीर्ष स्थानमा रहँदै पन्जाबका कप्तान केएल राहुलले ६७० रनका साथ ओरेन्ज क्याप जितेका हुन् । उनले १४ खेल खेल्दै सर्वाधिक ६७० रन जोडेका हुन् । यसमा राहुलको एक शतक र पाँच अर्धशतक समावेश छ । उनले रोयल च्यालेन्जर्स बेंगलोरविरुद्ध १३२ रनको अविजित शतकीय पारी खेलेका थिए । यस सिजनको आईपीएलमा राहुलले ५८ चौका र २३ छक्का प्रहार गरेका थिए ।

हुललाई पछ्याएका दिल्ली क्यापिटल्सका धवन ६१८ रन जोड्दै शीर्ष स्कोरकर्ताको दोस्रो स्थानमा रहे । उनले १७ खेलमा दुई शतक र चार अर्धशतकको मद्दतमा ६२३ रन जोडेका हुन् ।