नेपालमा थप २ हजार ७ सय ३६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २ लाख नजिक

नेपालमा थप २ हजार ७ सय ३६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २ लाख नजिक
Spread the love

काठमाडौं, कार्तिक २५ (ई-रैवार)

नेपालमा आज थप २ हजार ७ सय ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा १२ हजार ९ सय ६० नमुना परीक्षण गर्दा १ हजार ५९ महिला र १ हजार ६ सय ७७ पुरुषगरी २ हजार ७ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा १ हजार ४ सय २० संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका १ हजार १ सय  ४१, ललितपुरका १ सय ९३ र भक्तपुरका ८६ जना छन् ।

यस्तै चितवनका १ सय ६८, काभ्रेका १ सय १, कास्कीका ९४, झापाका ९३, रुपन्देहीका ८८, सुनसरीका ७८, कैलालीका ५४, मोरङका ४७, दाङका ४५, नवलपुरका ४१, बर्दियाका ३१, गुल्मीका २७, दोलखाका २४, नुवाकोट, पाल्पा र बाँकेका २२/२२ जना, गोरखाका २१, सिन्धुपाल्चोक र स्याङजाका २०/२० जना, बाराका १९, कञ्चनपुरका १८, धनुषा र सप्तरीका १६/१६ जना, नवलपरासीका १५, सिराहाका १४, महोत्तरीका १३, मकवानपुरका १२ तथा धनकुटा, सर्लाही, कपिलवस्तुका ११/११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

रोल्पा र बझाङका १०/१० जना, सिन्धुलीका ९, लमजुङ र बाग्लुङका ८/८ जना, तनहुँका ७, धादिङ, रामेछाप र पर्वतका ६/६ जना, उदयपुर, ओखलढुंगा, पर्सा र दैलेखका ५/५ जना, रौतहट, म्याग्दी, अर्घाखाँची, प्युठान, सुर्खेत र डडेलधुरााकका ४/४ जना, खोटाङ, पाँचथर, भोजपुर, अछाम, दार्चुला र बैतडीका ३/३ जना, इलाम, तेह्रथुम र सल्यानका २/२ जना तथा ताप्लेजुङ, रुकुम पूर्व, हुम्ला र डोटीका १/१ जनामा पनि संक्रमण देखिएको छ ।

यससँगै नेपालमा हालसम्म कोरोना संक्रमण हुनेको संख्या १ लाख ९९ हजार ७ सय ६० पुगेको छ ।  हालसम्म १ लाख ९९ हजार ७ सय ६० जना संक्रमित भएका छन् । उनीहरुमध्ये ११ सय ४८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

१ लाख ६० हजार ५ सय ७७ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ८ सय ५३ जना संक्रमणमुक्त भएका हुन् ।

देशभर ३८ हजार ३५ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये २९ हजार ७ सय ३४ जना होम आइसोलेसनमा छन् भने ४ सय ४ जनाको आईसीयू र ९६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।