आइपिएल : दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुँदै

आइपिएल : दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुँदै
Spread the love

एजेन्सी, कार्तिक २३ (ई-रैवार)

इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को दोस्रो क्वालिफायरमा आज दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार बेलुका ७ : ४५ पछि शेख जायद स्टेडियम आबूधाबीमा हुनेछ ।

दिल्ली पहिलो पटक र हैदराबाद तेस्रो पटक फाइनलमा स्थान बनाउन चाहन्छन् । हैदराबादले उत्कृष्ट लय समाउँदा दिल्लीले संघर्ष गरिरहेको छ । पहिलो क्वालिफायरमा दिल्ली मुम्बई इन्डियन्ससँग पराजित हुन पुगेको थियो । हैदराबादले एलिमिनेटरमा रोयल च्यालेन्जर्स बेंगलोरलाई पराजित गर्दै दिल्लीसँग भेट पक्का गरेको हो ।

हैदराबाद पछिल्ला चार खेलमा अपराजित छ । दिल्ली पछिल्ला ६ खेलमा पाँचमा हारको सामना गर्नु परेको छ । आजको विजेताले आइपिएलको फाइनलमा मुम्बई इन्डियन्ससँग खेल्ने छ । दिल्ली हालसम्म आइपिएलको फाइनलमा पुग्न सकेको छैन । दिल्ली हैदराबादविरुद्ध जित निकाल्दै उक्त फाइनलको खडेरी तोड्न चाहन्छ ।

हैदराबाद सन् २०१६ को विजेता र २०१८ को फाइनलमा चेन्नई सुपर किंग्ससँग पराजित भएको थियो । दिल्ली र हैदराबादबीचको खेलमा प्रभाव पार्नसक्ने दुबै टोलीका ३-३ खेलाडी यस प्रकार छन् ।