बझाङ, कार्तिक १४ (ई-रैवार)
बझाङ अस्पतालको प्रयोगशालामा आज थप १० जनामा कोरोना पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा ९६ जनाको परीक्षण हुँदा १० जनामा कोरोना पुष्टी भएको हो ।
जिल्ला अस्पताल बझाङका प्रयोगशाला इन्चार्ज नरेश खड्काले दिएको जानकारी अनुसार कोरोना संक्रमण पुष्टी हुनेमा जय पृथ्वी नगरपालीकाका ६ जना, सुर्मा गाउँपालीकाका २ जना र बझाङमा कार्यरत २ जना सशस्त्र प्रहरीमा पनि कोरोना पुष्टी भएको हो ।



