कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु, मृतकको संख्या ९ सय २० पुग्यो

कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु,  मृतकको संख्या ९ सय २० पुग्यो
Spread the love

काठमाडौं, कार्तिक १४ (ई-रैवार)

कोरोना भाइरसको संक्रमणबाट देशभर थप १६ जनाको मृत्यु भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर थप १६ जनाको मृत्यु भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ सय २० पुगेको छ ।

कोरोना भाइरस संक्रमणबाट बिहीबार ११ जनाको मृत्यु भएको थियो ।