काठमाडौं, कार्तिक १२ (ई-रैवार)
नेपालमा आज थप १ हजार ९ सय ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा ८ हजार २ सय ४८ नमुना परीक्षण गर्दा १ हजार ९ सय ५४ जनामा संक्रमण पुष्टि भएको हो ।
यससँगै कुल संक्रमितको संख्या १ लाख ६२ हजार ३ सय ५४ पुगेको छ । देशभर आजसम्म सक्रिय संक्रमितको संख्या ३९ हजार ६ सय ४३ रहेको छ । पछिल्लो २४ घण्टामा २ हजार ९ सय ८१ जना देशभरका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म १ लाख २१ हजार ८ सय २४ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७५ प्रतिशत रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा ८ हजार २ सय ४८ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म १४ लाख ९ हजार २ सय ९५ जनाको पीसीआर परीक्षण गरिएको छ ।
देशभरका संस्थागत आइसोलेसनमा ७ हजार ७ सय ९ जना र होम आइसोलेसनमा ३१ हजार ९ सय ३४ जना रहेका छन् । आजसम्म देशभर २ हजार ८ सय ८९ जना क्वारेन्टिनमा रहेका छन् ।
देशभर ७२ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर २ सय ९० जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।
सोमबार देशभर १ हजार ७ सय ४१ कोरोना भाइरस संक्रमित थपिएका थिए भने ४ हजार ५ जना जना डिस्चार्ज भएका थिए । देशभर कोरोना संक्रमणबाट १५ जनाको मृत्यु भएको थियो ।
मंगलबार देशभर ५ सय ७० कोरोना भायरस संक्रमित थपिएका थिए भने ३ हजार १ सय ६८ जना डिस्चार्ज भएका थिए । देशभर १४ जना कोरोना संक्रमितको मृत्यु भएको थियो ।


