काठमाडौं, कार्तिक ११ (ई-रैवार)
नेपालमा आज थप ५ सय ७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा पछिल्लो २४ घण्टामा २ हजार ७ सय २५ नमुना परीक्षण गर्दा ५ सय ७० जनामा संक्रमण पुष्टि भएको हो ।
यससँगै कुल संक्रमितको संख्या १ लाख ६० हजार ४ सय पुगेको छ । देशभर आजसम्म सक्रिय संक्रमितको संख्या ४० हजार ६ सय ८१ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर १४ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ८ सय ७६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ३ हजार १ सय ६८ जना देशभरका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म एक लाख १८ हजार ८ सय ४३ जना डिस्चार्ज भएका छन् ।
पछिल्लो २४ घण्टामा देशभर २ हजार ७ सय २५ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म १४ लाख ६ सय ९४ जनाको पीसीआर परीक्षण गरिएको छ ।
देशभर ४० हजार ६ सय ८१ जना आइसोलेसनमा रहेका छन् भने २ हजार ९ सय ३२ जना क्वारेन्टिनमा रहेका छन् ।
सोमबार देशभर १ हजार ७ सय ४१ जना कोरोना संक्रमित थपिएका थिए भने ४ हजार ५ जना डिस्चार्ज भएका थिए । देशभर १५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।
आइतबार देशभर २ हजार ८ सय ५६ कोरोना भाइरस संक्रमित थपिएका थिए भने ३ हजार ३ सय ३६ जना डिस्चार्ज भएका थिए । देशभर कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको थियो ।


