डोटी अस्पतालको प्रयोगशालामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि

डोटी अस्पतालको प्रयोगशालामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि
Spread the love

डोटी, कार्तिक ६ (ई-रैवार)

डोटी अस्पतालको प्रयोगशालामा आज थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  डोटीको प्रयोगशालामा पछिल्लो २४ घण्टामा  १०४  जनाको पीसीआर परीक्षण गर्दा थप  ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले दिएको जानकारी अनुसार डोटीको दिपायल सिलगढी नगरपालिकाका ८ पुरुषमा कोरोना संक्रमण पुष्टी भएको छ ।