काठमाडौं, कार्तिक २ (ई-रैवार)
नेपालमा आज थप २ हजार ९ सय ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा १५ हजार ८ सय ७५ नमुना परीक्षण गर्दा २ हजार ९ सय ४२ जनामा संक्रमण पुष्टि भएको हो ।
यससँगै कुल संक्रमितको संख्या १ लाख ३२ हजार २ सय ४६ पुगेको छ । देशभर आजसम्म सक्रिय संक्रमितको संख्या ३९ हजार ३ सय ४१ रहेको छ । पछिल्लो २४ घण्टामा २ हजार ३ सय २६ जना देशभरका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ९२ हजार १ सय ६६ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ६९ दशमलव ७ प्रतिशत रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १४ हजार ८ सय ७५ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म १२ लाख ८३ हजार ३ सय ५४ जनाको पीसीआर परीक्षण गरिएको छ ।
देशभरका संस्थागत आइसोलेसन १२ हजार ९ सय ३३ जना र होम आइसोलेसनमा २६ हजार ४ सय ८ जना रहेका छन् । आजसम्म देशभर ४ हजार ८ सय ३१ जना क्वारेन्टिनमा रहेका छन् ।
देशभर ६६ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर ३ सय १ जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।
शनिबार देशभर ३ हजार १ सय ६७ कोरोना भाइरस संक्रमित थपिएका थिए भने १ हजार ८सय जना डिस्चार्ज भएका थिए । शनिबार देशभर कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको थियो ।


