काठमाडौ, कात्तिक १ (ई-रैवार)
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा ओम अस्पताल भर्ना भएका छन् । कोरोना पोजेटिभ देखिएर ओम अस्पतालमा उपचाररत थापालाई आईसीयूमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको हो ।
राप्रपा अध्यक्ष थापालाई बुधबार कोरोना संक्रमण पुष्टि भएको थियो । ओमआइसोलेसनमा बसेका थापालाई ज्वरो आउनुका साथै श्वासप्रश्वासमा केही असहज भएवपछि शुक्रबार अस्पताल भर्ना गरिएको हो ।
अस्पतालले जारी गरेको सूचना अनुसार थापाको टाउको दुख्ने, ज्वरो आउने र श्वासप्रश्वासमा समस्या देखिएपछि आईसीयूमा राखिएको जनाएको छ ।



