स्वास्थ्यकर्मीले कोरोना लक्षण वा पोजिटिभ भएमात्र क्वारेन्टिनमा बस्न पाइने

स्वास्थ्यकर्मीले कोरोना लक्षण वा पोजिटिभ भएमात्र क्वारेन्टिनमा बस्न पाइने
Spread the love

काठमाडौं, असोज ३० (ई-रैवार)

स्वास्थ्यकर्मीले अब कोरोना भाइरसको संक्रमणको लक्षण देखिए मात्र क्वारेन्टिन वा आइसोलेसनमा बस्नुपर्ने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मीलाई कोरोना पोजिटिभ देखिए वा लक्षण देखिए मात्र आइसोलेसन वा क्वारेन्टिनमा बस्ने नीति लिएको हो ।

कोरोना संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीको अभाव हुन थालेपछि सरकारले यस्तो नीति लिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवस्तरीय निर्णयबाट स्वास्थ्यकर्मी क्वारेन्टिन बस्ने नयाँ व्यवस्था गरिएको स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका प्रमुख डा. समीरकुमार अधिकारीले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

यसअघि सरकारी कोभिड अस्पतालमा १५ दिन उपचारमा संलग्न भएपछि १५ दिन क्वारेन्टिनमा बस्ने व्यवस्था गरिएको थियो।

त्यस्तै संक्रमितको क्लोज कन्ट्याक्टमा भएकाहरु पनि क्वारेन्टिनमा बस्ने गरेका थिए । तर, अब लक्षण देखिए वा संक्रमण भएको अवस्थामा मात्र क्वारेन्टिन वा आइसोलेनसमा बस्नुपर्नेछ।