नेपालमा थप ४ हजार ३ सय ९२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १ लाख २६ हजार १३७ पुग्यो

नेपालमा थप ४ हजार ३ सय ९२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १ लाख २६ हजार १३७ पुग्यो
Spread the love

काठमाडौं, असोज ३० (ई-रैवार)

नेपालमा आज थप ४ हजार ३ सय ९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा १६ हजार ५ सय ३१ नमुना परीक्षण गर्दा ४ हजार ३ सय ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा २ हजार ४ सय २ जना संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका १ हजार ७ सय ८४, ललितपुरका ३ सय ७४ र भक्तपुरका २ सय ४४ जना छन् ।

यस्तै मोरङका २ सय ८८ जना, सुसनरीका २ सय २, रुपन्देहीका १ सय ७६, चितवनका १ सय २८, मकवानपुर र नवलपुरका १ सय २१/१ सय २१ जना, काभ्रेका ९०, झापाका ६५, दाङका ६४, कास्कीका ५९, प्युठानका ५३, सुर्खेतका ४४, बाँकेका ४१, सप्तरी र तनहुँका २४/२४ जना, सिन्धुपाल्चोकका २३ र दैलेखका २२ जना संक्रमित भएका छन् ।

रौतहट र सिराहाका २१/२१ जना, गोरखा र नवलपरासीका २०/२० जना, पर्साका १८, बर्दियाका १७, धादिङ र पाल्पाका १५/१५ जना, बागलुङ र गुल्मीका १४/१४ जना, नुवाकोट र कपिलवस्तुका १२/१२ जना, लमजुङ र कालीकोटका ११/११ जना, संखुवासभाका १०, महोत्तरीका ९ तथा तेह्रथुम, सिन्धुली र जुम्लाका ८/८ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

यस्तै इलाम, उलयपुर, बारा, रामेछाप, अर्घाखाँची र दार्चुलाका ७/७ जना, धनुषा, दोलखा, म्याग्दी र स्याङ्जाका ६/६ जना, बझाङका ५, ओखलढुंगा, ताप्लेजुङ, सर्लाही, पर्वत, रुकुम पश्चिमका ३/३ जना, धनकुटा, रोल्पा, जाजरकोट र बैतडीका २/२ जना, भोजपुर, मुस्ताङ, रुकुम पूर्व, डोल्पा, सल्यान, हुम्ला, अछाम, डोटी र बाजुराका १/१ जनामा पनि संक्रमण पुष्टि भएको छ ।

यस सँगै कुल संक्रमितको संख्या १ लाख २६ हजार १ सय ३७ पुगेको छ । उनीहरुमध्ये ७ सय १५ जनाको मृत्यु भएको छ । देशभर आजसम्म सक्रिय संक्रमितको संख्या ३७ हजार ३ सय  ८२ रहेको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार ५ सय २२ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ८८ हजार ४० जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ६९ दशमलव ८ प्रतिशत रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो  घण्टामा देशभरका प्रयोगशालाहरुमा १६ हजार ५ सय ३१ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म १२ लाख ५४ हजार १ सय  ६७ जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभरका संस्थागत आइसोलेसन १२ हजार ३ सय ३६ जना र होम आइसोलेसनमा २५  हजार ४६ जना रहेका छन् । आजसम्म देशभर चार हजार ८सय ८ जना क्‍वारेन्टिनमा रहेका छन् ।

देशभर ७७ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर ३ सय १५ जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।

मंगलबार देशभर ३ हजार ५ सय५६ कोरोना संक्रमित थपिएका थिए भने १ हजार ५ सय ३ जना डिस्चार्ज भएका थिए । आइतबार देशभर १८ जनाको मृत्यु भएको थियो ।

बुधबार देशभर २ हजार ६६८ कोरोना संक्रमित थपिएका थिए भने १२ जनाको मृत्यु भएको थियो । बुधबार २ हजार १ सय ७४ जना देशभरका विभिन्‍न अस्पतालहरुबाट डिस्चार्ज भएका थिए ।

बिहीबर देशभर ३ हजार ७ सय ४९ कोरोना संक्रमित थपिँदा ३ हजार ५ सय ६४ जना डिस्चार्ज भएका छन् । बिहीबार कोरोना संक्रमणबाट १९ जनाको मृत्यु भएको छ ।