अख्तियारद्वारा ८० हजार घुससहित सामुदायिक वनका अध्यक्ष पक्राउ

अख्तियारद्वारा ८० हजार घुससहित सामुदायिक वनका अध्यक्ष पक्राउ
Spread the love

धनगढी,असोज ३० (ई-रैवार)

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ८० हजार घुससहित एक सामुदायिक वनका अध्यक्षलाई पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर–११ स्थित सीताराम सामुदायिक वन उपभोक्त्ता समूहका अध्यक्ष रामप्रसाद रानालाई ८० हजार घुससहित धनगढीबाट पक्राउ गरेको हो ।

वन उपभोक्त्ता समूहका अध्यक्ष रानालाई धनगढी उपमहानगरपालिका वडा नम्बर १ स्थित पार्क मोड भन्ने स्थानबाट अख्तियारको टोलीले पक्राउ गरेको बताइएको छ ।

सव–डिभिजन वन कार्यालय, तारानगर, कैलालीले ट्रयाक्टरका चालकसहित काठ बरामद गरेको सन्दर्भमा सोही कार्यालयका रेन्जर राम अवतार चौधरीले सेवाग्राहीसँग घुस माग गरेको उजुरी अख्तियारमा परेको थियो ।

सो उजुरीपछि अख्तियारको कञ्चनपुर कार्यालयबाट खटिएको टोलीले चौधरीलाई घुस दिनका लागि बिचौलियाको भूमिका निर्वाह गर्ने रानालाई घुस लिइसकेको अवस्थामा पक्राउ गरेको अख्तियार प्रवक्ता तारानाथ अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।