धनगढी जेठ १९(ईरैवार)
खोलाको छेउमा पाल टाँगेर बसेका दुईजना मजदुरलाई बाढीले बगाएर बेपत्ता पारेको छ । कैलाली चुरे गाउँपालिका-१ को पातले खोलामा गएराती आएको बाढीले सोही खोला किनारमा पाल टाँगेर बसेका सहजपुर–बोगटान-दिपायल सडकखण्डमा मजदुरी गर्ने दुई मजदुर बगाएर वेपत्ता पारेको प्रहरीले जनाएको छ ।
वेपत्ता हुनेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका -४ गुलरियाका ४५ वर्षीय कमल थापा र सोही ठाउँका २४ वर्षीय गोपाल विक रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले जनाए । वेपत्ताहरुको खोजी कार्य जारी राखिएको बताए।


