कांग्रेस युवा नेता थापाकी छोरी र पत्‍नीमा पनि कोरोना संक्रमण

कांग्रेस युवा नेता थापाकी छोरी र पत्‍नीमा पनि कोरोना संक्रमण
Spread the love

काठमाडौं, असोज २५ (ई-रैवार)

नेपाली कांग्रेसका युवा नेता तथा  सांसद गगन थापाकी पत्‍नी र छोरीमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ । पूर्वमन्त्री थापापत्‍नी डा. अन्जना केसी थापा र ६ वर्षीया छोरी जियानामा पनि कोरोना भाइरसको संक्रमण देखिएको पारिवारिक स्रोतले जनाएको हो ।

युवा नेता थापामा गत असोज १७ गते कोरोना भाइरसको संक्रमण देखिएको थियो । यस्तै उनका बुबा, आमा र काकामा पनि यसअघि नै कोरोना संक्रमण पुष्टि भएको थियो ।