सेती प्रादेशिक अस्पतालमा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि

सेती प्रादेशिक अस्पतालमा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि
Spread the love

धनगढी, असोज २४ (ई-रैवार) 

सेती प्रादेशिक अस्पतालमा आज थप ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा कैलालीका ३५ जना र कञ्चनपुरका १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार कैलालीको धनगढी उपमहानगरपालिकाका ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उपमहानगरपालिकाको वडा नम्बर १२ का १० जना, वडा नम्बर १८ का ९ जना, वडा नम्बर १ का ४ जना, वडा नम्बर ५, १४ र १७ का २–२ जना, वडा नम्बर ७, १३ र १५ का १–१ जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिएका छन ।

यस्तै कैलालीको बर्दगोरिया गाउँपालिकाका २ जना र गोदावरी नगरपालिका–१ का १ जनामा कोरोना संक्रमण देखिएको सूचना अधिकारी श्रेष्ठले बताए ।

यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिकाका ६ जना, पुर्नवास नगरपालिकाका ५ जना, शुक्लाफाटा नगरपालिकाका ४ जना र बेदकोट नगरपालिकाका २ जनामा पनि कोरोना देखिएको छ। भने, दार्चुलाको स्थानीय तह नखुलेको १ जनामा समेत कोरोना संक्रमण भेटिएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी श्रेष्ठले जानकारी दिए।