आईपीएल : कोलकक्ताद्वारा चेन्नई सुपर किङ्स १० रनले पराजित

आईपीएल : कोलकक्ताद्वारा चेन्नई सुपर किङ्स १० रनले पराजित
Spread the love

काठमाडौं, असोज २२ (ई-रैवार) 

यूएईमा जारी १३ औँ सस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत  बुधबार भएको खेलमा कोलकक्ताले चेन्नई सुपर किङ्सलाई १० रनले पराजित गरेको छ ।

शेख ज्यायद स्टेडियममा कोलकक्ताले चेन्नईलाई जितका लागि दिएको १६८ रनको लक्ष्य पछ्याएको चेन्‍नइले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर मात्र १५७ रन बनाएको थियो ।

चेन्‍नइका लागि शेन वाट्सनले अर्धशतकीय पारी खेले ४० बल खेलेका उनले ६ चौका र १ छक्काको सहयोगमा ५० रनको योगदान गरे । त्यस्तै अम्बिती रायडुले ३० रन बनाउँदा रवेन्द्र जडेजा २१ तथा शेम करन र फफ डू प्लेसिसले समान १७ रन बनाए ।

बलिङतर्फ कोलकक्ताका लागि शिभम् माभी, भरुन चक्रवर्ति, कमलेस नगरकोटी, सुनिल नारायण र आन्द्र रसेलले समान एक–एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १६७ रन बनाएको थियो ।

कोलकाताका लागि राहुल त्रिपाठिले अर्धशतकीय पारी खेले । ५१ बल खेलेका उनले ८ चौका र ३ छक्काको सहयोगमा ८१ रनको योगदान गरे । त्यस्तै प्याट कमिन्सले र सुनिल नारायनले समान १७ रनको योगदान गर्न सफल भए ।

बलिङतर्फ चेन्नईका लागि डुवाइन ब्राभोले सर्वाधिक चार विकेट लिए । त्यसतै शादुर्ल ठाकुर, श्याम करन र करन शर्माले समान दुई–दुई विकेट लिए ।

आजको खेलमा जित निकालेसँगै कोलकाताले पाँच खेलबाट ६ अंक जोडेको छ । कोलकाता तालिकाको तेस्रो स्थानमा उक्लेको छ । यता ६ खेल खेलेको चेन्नई ४ अंकका साथ तालिकाको पाँचौ स्थानमा छ ।