नेकपा सचिवालय बैठक सम्पन्न, मन्त्रिमण्डल पूनर्गठनबारे छलफल नै भएन

नेकपा सचिवालय बैठक सम्पन्न, मन्त्रिमण्डल पूनर्गठनबारे छलफल नै भएन
Spread the love

काठमाडौं, असोज २० (ई-रैवार)

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सम्पन्न भएको छ।  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठक सम्पन्न भएको  हो ।

सचिवालय बैठकमा मन्त्रिमण्डल पूनर्गठनबारे विषयले प्रवेश नपाएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन । प्रवक्ता श्रेष्ठले भने,‘आजको बैठकमा मन्त्रिमण्डल पूनर्गठनबारे कुनै छलफल भएन । प्रधानमन्त्रीले यसबारेमा कुनै जानकारी गराउनुभएन । हालै सम्पन्न स्थायी कमिटीको बैठकको निश्कर्ष मन्त्रिमण्डल पूनर्गठन पनि हो ।’

प्रवक्ता श्रेष्ठकाअनुसार आजको बैठकमा पार्टी एकताको बाँकी काम खासगरी सांगठानिक एकीककरणका बाँकी काम पूरा गर्ने विषयमा छलफल भएको छ । उनले भने,‘संगठनात्मक कार्ययोजनाको प्रस्तावबारे यसअघिको सचिवालयको बैठकमा निर्धारित विविधको एजेण्डाबारे आज छलफल भयो । यी लगायत संवैधानिक नियुक्तीको विषय र अन्य विषयमा सामान्य छलफल भयो । छिट्टै अध्यक्ष कमरेडले अरु सबै एजेण्डालाई निश्कर्षमा पुर्याउनुहुनेछ ।’