बलात्कारपछि हत्या गरिएकी बालिका सम्झनाको शव आफन्तले बुझ्ने

बलात्कारपछि हत्या गरिएकी बालिका सम्झनाको शव आफन्तले बुझ्ने
Spread the love

बझाङ, असोज १४ (ई-रैवार) 

बझाङमा बलात्कारपछि हत्या गरिएकी १२ वर्षकी बालिका सम्झना कामीको  शव आफन्तले बुझ्ने भएका छन् । मंगलबार  पीडित पक्ष र प्रशासनबीच क्षतिपूर्तिका लागि नेपाल सरकारसँग अनुरोध गर्ने र घटनाका बारेमा थप अनुसन्धान जारी राख्ने सहमति भएपछि परिवारले शव बुझेका हुन ।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायव उपरीक्षक रुपक खड्काले  मंगलबार  पीडित पक्ष र प्रशासनबीच क्षतिपूर्तिका लागि नेपाल सरकारसँग अनुरोध गर्ने र घटनाका बारेमा थप अनुसन्धान जारी राख्ने सहमति भएपछि परिवारले आज शव बुझ्ने निर्णय गरेको जानकारी दिएका छन ।

सहमतिपछि पीडित पक्षले बालिकाको हत्या भएको एक हप्तापछि शव बुझ्न राजी भएका हुन् । बालिकाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले मष्टा गाउँपालिका–२ का १८ वर्षका राजेन्द्र बोहरालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । बालिकाको शव जिल्ला अस्पताल बझाङको शव गृहमा राखिएको छ ।