काठमाडौं, असोज १३ (ई-रैवार)
कोरोना भाइरसको संक्रमणबाट नेपालमा आज थप १० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १० जना कोरोना संक्रमितको मृत्यु भएको हो ।
स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका अनुसार मुत्यु हुनेमा मोरङका ६८ वर्षीय पुरुष, सर्लाहीका ७२ वर्षीय महिला, महोत्तरीका ५८ वर्षीय पुरुष, काठमाडौंका ६० वर्षीया महिला, काठमाडौंका ५७ वर्षीय महिला, काठमाडौंका ७० वर्षीय पुरुष, चितवनका ५५ वर्षीय पुरुष ,बाकेका ८६ वर्षीय महिला, बाकेका ५३ वर्षीय पुरुष र बाकेका ३९ वर्षीय पुरुष रहेका छन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ९१ पुगेको छ । यसअघि सोमबार कोरोना संक्रमणबाट देशभर ४ जनाको मृत्यु भएको थियो ।


