कंचनपुरमा आरामिलबाटै अवैध काठसहित एकजना पक्राउ

कंचनपुरमा आरामिलबाटै अवैध काठसहित एकजना पक्राउ
Spread the love

कंचनपुर, असोज १२ (ई-रैवार)

कंचनपुरमा आरामिलबाटै एक जनालाई अवैध काठसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले आरामिलमा राखिएको अवैध काठसहित एक जनालाई पक्राउ परेका हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार लालझाडी गाउँपालिका–४ को देखतभुली पर्सियाका २७ वर्षीय प्रदिप रानालाई अवैध काठसहित पक्राउ गरिएको हो ।

रानाले सञ्चालन गरेको आरामिलमा चौखुट, झ्याल, ढोका, गोलिया,भ्यान्टीलेसन समेत गरेर ६० क्युफिट बराबर अवैध काठ बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमर थापाले बताए ।

काठसहित रानालाई आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय कञ्चनपुरमा बुझाईएको उनले बताए ।