बाजुराबाट हेलीकप्टर मार्फत गर्भवतीको उद्धार

बाजुराबाट हेलीकप्टर मार्फत गर्भवतीको उद्धार
Spread the love

बाजुरा, असोज १० (ई–रैवार)

बाजुराबाट गर्भवतीको उद्धार गरिएको छ। बाजुराको जगन्नाथ गाउँपालिका वडा नम्वर २ की केशपुरा सार्कीको हेलीकप्टर मार्फत उद्धार गरिएको हो ।

बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी समीर भण्डारीका अनुसार उनलाई तीन दिन अगाडी कोल्टी प्राथमीक स्वास्थ्य केन्द्रमा ल्याइएको थियो।

त्यहाँ उपचार सम्भव नभएपछि जिल्ला अस्पतालमा रेफर गरिएको थियो। त्यहाँ पनि कठिन भएपछि उनलाई नेपालगन्ज पठाएको सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीले बताए।