महेन्द्रनगर, असोज ७ (ई–रैवार)
कंचनपुरको शुक्लाफाँटा नगरपालिकामा तालाबन्दी गरिएको छ । नेपाली कांग्रेसले नगर शिक्षा समिति विघटनको माग गर्दै तालाबन्दी गरिएको हो ।
दुई वर्षअघि गठन गरिएको शिक्षा समितिलाई विघटनका लागि पटक पटक आग्रह गर्दा समेत बेवास्था गरेपछी नगरपालिका कार्यालयमा तालाबन्दी गरिएको नेपाली कांग्रेस कंचनपुरले जनाएको छ ।
नेपाली कांग्रेस शुक्लाफाँटाको अनुगमन समितिले बुधबार दिउँसो ३ बजेतिर तालाबन्दी गरेको शुक्लाफाँटा नगरपालिकाका नगर प्रवक्ता जगतबहादुर सिंहले जानकारी दिएका छन् ।
नगरपालिकामा तालाबन्दी भएपछि सम्पूर्ण कामकाज ठप्प भएका छन् । शुक्लाफाँटा नगरपालिका नक्कली विद्यालय नामसारी प्रकरणमा मुछिएपछि विवादमा परेको छ । अहिले दुबै पक्षबिच समस्या सुल्झाउन छलफल भई रहेको उनले बताए ।


