धनगढी, असोज ७ (ई–रैवार)
सुदुरपश्चिम प्रदेशमा थप ७९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा सेती प्रादेशिक, डडेल्धुरा र डोटी अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप ७९ जनामा संक्रमण पुष्टी भएको हो ।
सेती प्रादेशीक अस्पतालका सुचना अधिकारी दिलीप कुमार श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टामा ४ सय २८ जनाको कोरोना परीक्षण भएकोमा थप ३६ जनामा संक्रमण पुष्टी भएको हो । संक्रमण पुष्टी हुनेमा कैलालीका ३५ जना र कञ्चनपुरका १ जना गरि ३६ जनामा संक्रमण पुष्टी भएको छ ।
धनगढी उपमहानगरपालिकामा मात्रै आज २६ जना कोरोना संक्रमित थपिएका छन । धनगढी उप–महानगरपालिका वडा नम्बर वडा नम्बर २ र १३ का ८– ८ जना, वडा नम्बर १, ३ र ५ का २–२ जना, वडा नम्बर ४, ११, १४ र १८ का १–१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कैलालीको गोदावरीका ८ जना, भजनीका १ जना र कञ्चनपुरको कृष्णपुरका १ जना गरि आज ३६ जनामा कोरोना पुष्टी भएको छ ।
त्यस्तै डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप ८ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ सय ४३ जनाको कोरोना परीक्षण भएकोमा ८ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि भएका ८ जना अछाम तुर्माखाद गाउँपालिकाका रहेको प्रयोगशाला प्रमुख इश्वरी प्रसाद भुसालले जनाएका छन् ।
डोटी अस्पतालको प्रयोगशालामा बुधबार भएको परिक्षणमा थप ३५ जनामा कोरोना पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा १ सय ७२ जनाको नमुना परिक्षण भएकोमा २० पुरुष १५ महिला गरी ३५ जनामा कोरोना देखीएको हो ।
अस्पतालका लायब इन्चार्ज शौरभ श्रेष्ठका अनुसार संक्रमित हुनेहरुमा डोटीको आदर्शका १३ जना , दिपायल सिलगढीका ४ जना रहेका छन । त्यस्तै अछामको रामारोसन का १६ जना र मेलेख्खका २ जना रहेका छन ।
योसंगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या सात हजार नजिक पुगेको छ भने संक्रमण पुष्टि भएका झण्डै ५ हजार ८ सय जनाले कोरोना जितेका छन्। १५ जना संक्रमितको भने मृत्यु भईसकेको छ।


