काठमाडौं, असोज ७ (ई–रैवार)
नेपालमा आज थप १ हजार १सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशभरको प्रयोगशालामा ९ हजार ४ सय ५९ नमुना परीक्षण गर्दा १ हजार १ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ६ सय ३७ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका ४ सय ९२, भक्तपुरका ९५ र ललितपुरका ५० जना छन् ।
यस्तै रुपन्देहीका ६७ जना, सुर्खेतका ४९, मोरङका ४४, सुनसरीका ३७, बाँकेका ३०, गुल्मीका २८, कास्की र अछामका २२/२२ जना, सर्लाहीका २१, बर्दियाका १९, डोटीका १७, मकवानपुरका १६, धादिङ र कैलालीका १४/१४ जना, सप्तरीका १२, सिराहाका ११, काभ्रे र नवलपुरका १०/१० जना तथा झापाका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
तनहुँ र कपिलवस्तुका ६/६ जना, गोरखा, जमजुङ, स्याङ्जा र नवलपरासीका ५/५ जना, बाराका ४, धनुषा र कञ्चनपुरका ३/३ जना, पाँचथर, रौतहट, नुवाकोट, बाग्लुङ, दाङ, दार्चुला र बैतडीका २/२ जना तथा उदयपुर, ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, महोत्तरी, चितवन, पर्वत, म्याग्दी र बझाङका १/१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
यस सँगै संक्रमणमुक्त हुनेको संख्या ४९ हजार ९ सय ५४ पुगेको छ । देशभर आजसम्म सक्रिय संक्रमितको संख्या १७ हजार ४ सय १४ रहेको छ ।
मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ८ सय ९३ जना देशभरका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ४९ हजार ९ सय ५४ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७३ दशमलव ७ प्रतिशत रहेको छ ।
पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा ९ हजार ४ सय ४९ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म ९ लाख ४४ हजार ४ सय ७४ जनाको पीसीआर परीक्षण गरिएको छ ।
देशभरका संस्थागत आइसोलेसन ८ हजार २ सय २८ जना र होम आइसोलेसनमा ९ हजार १ सय ८६ जना रहेका छन् । आजसम्म देशभर ७ हजार १ सय ४ जना क्वारेन्टिनमा रहेका छन् ।
देशभर जनाको ४३ भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर २ सय २० जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।
सोमबार देशभर १ हजार १ सय ५४ कोरोना संक्रमित थपिएका थिए भने १ हजार जनालाई डिस्चार्ज गरिएको थियो । त्यसैगरी सोमबार सबैभन्दा बढी १६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।
मंगलबार कोरोना भाइरसका १ हजार ३ सय ५६ संक्रमित थपिएका छन् भने ८ सय २६ जना डिस्चार्ज भएका छन् । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्यामा २ जनाको संक्रमणबाट मृत्यु भएको छ ।


