नेकपा सचिवालय बैठक पेरिस डाँडामा बस्दै

नेकपा सचिवालय बैठक पेरिस डाँडामा बस्दै
Spread the love

काठमाडौं, असोज ४  (ई–रैवार)

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज विहान ११ बजे बस्दैछ । नेकपा बैठकमा पार्टीको बाँकी एकता प्रक्रियालाई टुङ्गोमा पु-याउने विषयमा छलफल हुने बताइएको छ ।

तत्कालिन नेकपा (माओवादी केन्द्र) को मुख्यालय पेरिसडाँडामा बस्ने बैठकमा पार्टीको आन्तरिक व्यवस्थापनको कामबारे समेत छलफल हुने अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस सल्लाहकार विष्णु सापकोटाले बताए ।

यसअघि भदौ २९ गते अन्तरपार्टी निर्देशनमा अध्यक्ष केपी शर्मा ओली तथा अध्यक्ष प्रचण्डले असोज मसान्तभित्र पार्टीको बाँकी एकता प्रक्रिया टुङ्ग्याउने प्रतिवद्धता गरेका थिए । गत शुक्रबार तय गरिएको सचिवालय बैठक स्थगित गरी आइतबारका लागि सारिएको हो ।