डोटी, भदौ २९ (ई-रैवार)
डोटी जिल्ला अस्पतालको प्रयोगशालामा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठका अनुसार १ सय ४९ जनाको कोरोना परीक्षणमा १२ जनामा संक्रमण पुष्टि भएको हो ।
अस्पतालका प्रयोगशाला इन्चार्ज श्रेष्ठले पछिल्लो २४ घण्टामा १ सय ४९ जनाको कोरोना परीक्षण भएकोमा डोटीका ८ जना र अछामका ३ जनामा संक्रमण पुष्टि भएको हो। डोटीको केआइसिंह गाउँपालीकाका ६ जना पुरुष, २ जना महिला र अछामको चौरपाटीका ३ पुरुष र तुर्माखादका १ पुरुष जनामा संक्रमण पुष्टी भएको हो ।



