सुदूरपश्चिम प्रदेशका तिनवटै प्रयोगशाला थप २८ जना कोरोना संक्रमण पुष्टि

सुदूरपश्चिम प्रदेशका तिनवटै प्रयोगशाला थप २८ जना कोरोना संक्रमण पुष्टि
Spread the love

धनगढी, भदौ २७ (ई-रैवार)

सुदूरपश्चिम प्रदेशमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा २८ जनामा कोरोना संक्रमण पुष्टि हो।

पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशका तिनवटै प्रयोगशालाले दिएको जानकारी अनुसार कञ्चनपुरका १२ जना, कैलालीका ८ जना , डोटीका ५ जना , डडेल्धुराका २ जना र अछामका १ जनामा संक्रमण पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पतालको प्रयोशालामा पछिल्लो २४ घण्टामा ३ सय ६८ जनाको कोरोना परीक्षण भएकोमा २० जनामा संक्रमण पुष्टि भएको छ । अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले दिएको जानकारी कञ्चनपुरका १२ र कैलालीका ८ जनामा संक्रमण पुष्टि भएको छ ।

धनगढी उप–महानगरपलिकाका ४ जना, बर्दगोरीया गाउँपालिका वडा नम्वर ३ का २ जना, टीकापुर नगरपालिका वडा नम्वर ८ का १ जना र लम्कीचुहा नगरपालिकाका १ जनामा , कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्वर १८ का १० जना र वडा नम्वर १० का २ जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।

जिल्ला अस्पताल डोटीको प्रयोशालामा भएको परीक्षणमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा एक सय २४ जनाको कोरोना परीक्षण भएकोमा डोटीका ५ जना र अछामका १ जनामा संक्रमण पुष्टि भएको हो।

डोटीको सायल गाउँपालिकाका ३ जना, केआईसिंह गाउँपालिकाका २ जना र अछाम जिल्लाको रामारोशन गाउँपालिकाका १ जनामा संक्रमण पुष्टि भएको प्रयोगशालाले जनाएको छ ।

डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप २ जनामा कोरोना पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा एक सय ५२ जनाको कोरोना परीक्षण भएकोमा २ जनामा संक्रमण पुष्टि भएको हो ।

अस्पतालका प्रयोगशाला इन्चार्ज इश्वरी प्रशाद भूषालले दिएको जानकारी अनुसार दुबै जना डडेल्धुराको परशुराम नगरपालिका वडा नम्वर ६ का हुन् ।

यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या ६ हजार ४ सय ३४ पुगेको छ । उनीहरु मध्ये ५ हजार ४ सय जनाले कोरोना जितेका छन् भने १४ जनाको मृत्यु भइसकेको छ।