डडेल्धुरा अस्पतालको प्रयोगशालामा थप २ जनामा कोरोना पुष्टि

डडेल्धुरा अस्पतालको प्रयोगशालामा थप २ जनामा कोरोना पुष्टि
Spread the love

डडेल्धुरा, भदौ २७ (ई-रैवार)

डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप २ जनामा कोरोना पुष्टि भएको छ ।  पछिल्लो २४ घण्टामा एक सय ५२ जनाको कोरोना परीक्षण भएकोमा थप २ जनामा संक्रमण पुष्टि भएको हो ।

अस्पतालका प्रयोगशाला इन्चार्ज इश्वरी प्रशाद भूषालले दिएको जानकारी अनुसार दुबै जना डडेल्धुराको परशुराम नगरपालिकाका हुन् । वडा नम्वर ६ का २ जनालाई संक्रमण पुष्टि भएको भूषालले बताए ।