प्रहरी हिरासतमा मृत युवकको शव आफन्तले बुझे, घट्नाका बारेमा मानब अधिकार आयोगले अनुगमन गर्ने

प्रहरी हिरासतमा मृत युवकको शव आफन्तले बुझे, घट्नाका बारेमा मानब अधिकार आयोगले अनुगमन गर्ने
Spread the love

धनगढी, भदौ २७ (ई-रैवार) 

प्रहरी हिरासतमा मृत अवस्थामा भेटिएका युवकको शव आफन्तले बुझेका छन् । प्रहरीले घटनाको छानबिन गर्न प्रहरी उपरीक्षकको नेतृत्वमा छानबिन समिति गठन गरेपछि शुक्रबार साझ पोस्टमार्टम गरेर आफन्तले शव बुझेका हुन् ।

प्रहरी थुनुवा कक्षको शौचालयभित्र मृत फेला परेका युवक घट्नाका बारेमा राष्ट्रिय मानबअधिकार आयोगले जिल्ला प्रहरी कार्यालय कैलालीको थुनुवा कक्षको अनुगमन गर्ने भएको छ ।

भदौ २२ गते चोरी आरोपमा पक्राउ परेका १९ वर्षीय  बिक हिजो बिहान प्रहरी थुनुवा कक्षको शौचालयभित्र मृत फेला परेका थिए ।  प्रहरीले बिकले आत्महत्या गरेको बताएपनि मृतकका आफन्तले भने  कुटपिट गरी हत्या भएको आरोप लगाएका छन् ।

राष्ट्रिय मानब अधिकार आयोग सुदूर पश्चिम प्रादेशिक कार्यालयका निर्देशक झंकर रावलले आज प्रहरी थुनुवा कक्षको अनुगमन गरी त्यहाँको बस्तुस्थिति र घट्नाका बारेमा जानकारी लिने बताएका छन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले हिजोमात्रै युवक घटनाको छानबिन गर्न सशस्त्र प्रहरी गण धनगढीका प्रहरी उपरीक्षक राजीव बस्नेतको नेतृत्वमा छानबिन समिति गठन गरिएको थियो ।