कैलाली जेठ २८(ई-रैवार)
बसको ठक्करब्ट एकजना साईकल यात्रु एक युवतीको ज्यान गएको छ । कैलाली बर्दगोरीया गाउँपालिका-२ कि २५ वर्षिया सरस्वती उपाध्यायको मुत्यु भएको हो ।
लम्कीबाट धनगढी आउँदै गरेको ना ७ ख ९३० नम्बरको बसले साईकलमा सवार उपाध्यायलाई आज दिउँसो १ बजे बौनियाँ बजारमा ठक्कर दिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भिर घाईते भएकी उपाध्यायको माया मेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बतायो ।


