डोटी वैशाख १७(ई-रैवार)
राहतको विषयमा असन्तुष्ट व्यक्तीहरुले केआईसिंह गाउँपालिका–४ का वडाध्यक्ष जयलाल धामीमाथी आक्रमण गरेका छन् ।
बुधबार दिउँसो राहत वितरणमा असन्तुष्टी देखाउदै उनीमाथि आक्रमण भएको हो । प्रहरीका अनुसार आक्रमणबाट वडाध्यक्ष घाईते भएका छन् । उनलाई उपचारका लागि दिपायल ल्याईदै छ ।
आक्रमणमा संलग्न स्थानीय लोकबहादुर कार्कीसहित तीनजनालाई प्रहरीले तत्कालै नियन्त्रणमा लिएको छ । राहत पाउनेमा आफ्नो नाम नपरेको भन्दै उनीहरुले आक्रमण गरेको वडाध्यक्ष धामीले आरोप लगाए । राजनीतिक पूर्वाग्रह राखेर नियोजित ढंगबाट आफुमाथी आक्रमण गरिएको उनले बताए ।
विवाद नियन्त्रण गर्ने क्रममा असन्तुष्ट पक्षबाट प्रहरीमाथी पनि आक्रमण भएको स्थानीय प्रहरीले जनाएको छ ।
गाउँपालिका अध्यक्ष लोकेन्द्र बहादुर शाहीले राजनीतिक पूर्वाग्रहकै आधारमा राहत वितरणलाई विवादमा तान्ने काम भएको बताए । ‘सबै राजनीतिक दलसंग परामर्श गरेर नाम छनोट गरेका छौ । केही छुटेकै भएपनि अर्को लटमा दिन्छौ भनेकै छौ,’ उनले भने,‘यति हुँदाहुँदै पनि कुनै पार्टीका कार्यकर्ता नै ओर्लिएर आक्रमणमा उत्रिने तालाबन्दी गर्ने, राहत वितरण विथोल्ने काम भएको छ ।’
राहतमा असन्तुष्टी, वडाध्यक्षमाथि आक्रमण


