कैलालीमा कांग्रेसको वडा अधिवेशन सुरु

Spread the love

धनगढी, कार्तिक २७ (ई-रैवार)

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत कैलालीमा आजदेखि वडा अधिवेशन सुरु भएको छ ।तेस्रो पटक मिति तोकिएपछि अधिवेशन प्रक्रिया अघि बढेको हो ।

आजदेखि कैलाली जिल्लाका १२६ वटै वडामा वडा अधिवेशन सुरु हुने पार्टी सभापति नरनारायण शाहले जानकारी दिएका छन्।

सभापति शाहले अधिवेशनका लागि सबै वडामा अधिवेशन सफल बनाउन एक हजार ५०१ जनाको मुल समिति र ११ वटा उपसमिति गठन गरि परिचालन गरिएको बताएका छन ।

कैलालीमा टेकबहादुर सुवेदीलाई मुख्य निर्वाचन अधिकारीको जिम्मेवारी दिइएको छ । कैलालीमा नेपाली कांग्रेसका १८ हजार २७३ क्रियाशील सदस्य रहेका छन् ।

जिल्लाको सबैभन्दा बढी धनगढी उपमहानगरपालिकामा क्रियाशील सदस्य रहेका छन् । पार्टी कार्यालयका अनुसार धनगढीमा एक हजार १२९ महिला र तीन हजार ३७४ पुरुष गरी चार हजार ५०३ क्रियाशील सदस्य रहेका छन् ।