धनगढी जेठ ७(ई-रैवार)
नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नक्शा जारी गरेपछि बलिउड अभिनेत्री मनिषा कोईरालाले समर्थन जनाएकी थिईन् । सोही प्रशंगलाई लिएर भारतिय सञ्चारमाध्यम उनिविरूद्ध आक्रमणमा उत्रिएका छन् ।
भारतमा काम गरेर नेपालको समर्थन उत्रिएको भन्दै सञ्चारमाध्यम नै तुच्छ शब्दमा उत्रिएका छन् भने सामाजिक सञ्जालमा गालीगलौच चलिरहेको छ ।
यि सबै प्रशंगलाई खण्डन गर्दै अभिनेत्री कोईरालाले ट्विट गरेकी छन्-,’श्रम बेच्न पाईन्छ, स्वाभिमान बेच्न पाईदैन ।’ उनले नेपाली नागरिक हुनुमा गौरव गर्दै आफ्नो स्वाभिमान भारतका लागि नबेचेको एकै शब्दमा जनाएकी छन ।



