चैत २८, काठमाडौं । पछिल्लो समयका चर्चित र्यापर जी-बबको स्वरमा रहेको गीत ‘भाग भाग न दे अब धेरै धाक’ रिलिजको केही घण्टामै नेपालमा युट्युब ट्रेन्डिङको शीर्षस्थानमा उक्लिएको छ ।
फिल्म ‘ए मेरो हजुर ४’मा समावेश यो गीतमा जी-बबसहित फिल्मका प्रमुख कलाकारहरु सुहाना थापा, अनमोल केसी, नीराजन प्रधान फिचर्ड छन् । गीतलाई आइतबार मध्यान्हसम्म ८ लाख ४१ हजारभन्दा बढी पटक युट्युबमा हेरिएको छ ।
गीतको शब्द र संगीत स्वयं जी-बबकै छ । हुक लाइन लिरिक्स सुरेन्द्र गुरुङ हाकिमको छ । रामजी लामिछानको कोरियोग्राफी रहेको गीतमा नायिका क्लबमा पुगेपछि हुने दृश्य समेटिएको छ ।
गीतलाई जी-बबका फ्यानले सामाजिक सञ्जालमा व्यापक सेयर गरिरहेका छन् ।गीतको केही अंश मात्र रिलिज गरिएको हो । १ मिनेट ५३ सेकेन्ड लामो हुक लाइनसहितका अंश सार्वजनिक गरिएको छ । दर्शकले पूरा अंशलाई हलमा मात्र हेर्न पाउनुहुनेछ ।
‘ए मेरो हजुर ४’ वैशाख १ गते रिलिज तयारीमा छ ।
भिडीयो


